ट्रकको ठक्करबाट रायमाझीको मृत्यु

हेटौंडा टुडे
२०७९ भाद्र २७, सोमबार १०:४१ गते

हेटौडा ।सर्लाहीको हरिवन नगरपालिका–१०, नयाँ रोडमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सोमबार बिहान मिर्चैयाबाट हेटौंडाका लागि छुटेको ना ८ ख ८२६७ नम्बरको गहुँ लोड भएको ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका–९ का ५० वर्षीय रामचन्द्र रायमाझीको मृत्यु भएको हो। उनी मर्निङ वाकका लागि निस्किएका थिए ।

बिहान ४ बजेतिर भएको दुर्घटनामा रायमाझीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले बताए।ट्रकका चालक प्रहरी नियन्त्रणमा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*