हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मन्दिरको दानपेटी फुटाएर चोरी गरेको आरोपमा एकजना नाबालिकलाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ गौरिटारमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा रहेको दान पेटि फुटाएर चोरी गरेको आरोपमा प्रहरीले ३ हजार ५ सय १० रुपैँया सहित १६ वर्षका नाबालिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सेयर गर्नुहोस्






















