आजको मौसम

हेटौंडा टुडे
२०७९ भाद्र २८, मंगलवार १०:४३ गते

हेटौडा । मौसम विज्ञान विभागका अनुसार आज देशका केही स्थनमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ। आज देशभर सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*