पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ भाद्र ३०, बिहीबार ११:०६ गते

हेटौडा । काभ्रेमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका(४ चलालमा बुधबार राति साढे १ बजे पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक एसपी चक्रराज जोशीले जानकारी दिए ।

एसपी जोशीका अनुसार ६५ वर्षीया ठूलीमाया तामाङको उपचारका क्रममा मृत्यु भएको हो भने उनका छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया सावित्री तामाङको घटनास्थलमै मृत्यु भएको हो ।ठूलीमायाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु  प्रहरी उपरीक्षक एसपी चक्रराज जोशीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*