सुनचाँदीको मूल्यमा बुद्धि, तोलाको कति

हेटौडा टुडे
२ आश्विन २०७९, आईतवार ११:२६

हेटौडा । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघले आजको कारोबार भाउ तोक्दै गत साताको शुक्रबारको तुलनामा १५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ पुगेको जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*