आत्महत्या न्यूनिकरणमा प्रदेश सरकार प्रतिवद्ध छ: मुख्यमन्त्री पाण्डे

हेटौंडा टुडे
२ आश्विन २०७९, आईतवार १३:२१

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रदेश भित्र हुने आत्महत्याका घटनालाई न्यूनिकरण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रदेश प्रहरी कार्यालय हेटौंडाले आयोजना गरेको प्रदेश स्तरीय आत्महत्या रोकथाम सम्बन्धी सचेतना मुलक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोकथाम र न्यूनिकरणमा आफु र सरकारनै प्रतिवद्ध रहेको बताएका हुन् ।

समुदाय र प्रहरीको सहकार्यबाट आत्महत्या रोकथाम गर्न सहज हुनाले सरकारले आवश्यक कार्यक्रम र योजनाहरु ल्याई रोकथाममा काम गरिने बताए । अहिले आत्महत्याको घटना धेरै भएकाले यसलाई टोलटोलमा स्थानीय तहहरुमा सचेतनामुलक कार्यक्रमबाट केही न्यूनीकरण गर्न सकिने समेत बताए ।

उनले त्यस्ता व्यक्ति जो जीवन अन्त्य गर्न खोज्छन उनीहरुलाई जीवनको महत्व बुझाउनु पर्ने, समस्याको समाधान मृत्यु नै होइन भन्ने भाव सिर्जना गर्नुपर्ने, आफुलाई माया गर्न नसक्नेले कसरी देशको माया गर्छन भन्ने जस्ता प्रश्न उठ्न सक्ने बताए । सुगम दिनको आश गर्दै छोरीछोरीमा निगरानी गर्नुपर्ने, सचेतनामुलक कार्यक्रमहरु गरिरहनुपर्ने मुख्यमन्त्री पाण्डेले बताए ।

नेपालमा महिला भन्दा बढी पुरुषहरुले आत्महत्या गरेको पाइन्छ । वार्षिक नेपालमा सात हजारले आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रहरी सँग रहेको छ । बागमती प्रदेशमा आव २०७८०७९ मा ९०२ जनाले आत्महत्या गरेका छन् । जसमा मकवानपुरमा १२५ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख रहेको छ । मकवानपुरमा आत्महत्याको प्रयास गरेर बाँचेका विष सेवन गरी १४ जना र झुण्डी ३ जना गरी १७ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*