हेटौडा। नेपाल समाजवादी पार्टी निकट पत्रकाहरुको संस्था प्रेस नेपालको अध्यक्षमा मकवानपुरका मनोज शर्मा ढोडारी चयन भएका छन् । काठमाण्डौंमा सम्पन्न बौद्धिककर्मी महासंघका घटकहरुको पुनर्गठन भेलाले तत्कालिन प्रेस मन्चका उपाध्यक्ष रहेका शर्मालाई अध्यक्ष पदमा चयन गरेको हो ।
हेटौंडा २ निवासी ढोडारी दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । वाणिज्य संकायमा स्नातकोत्तरसम्मको अध्ययन गरेर विगत दुई दशक अघिदेखि पत्रकारितामा सक्रिय पत्रकार शर्माले प्रेस नेपालको अध्यक्षको जिम्मेवारी पाएका हुन् ।पत्रकार शर्मा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कार्य समिति सदस्य हुन् । हाल निरन्तर न्युजडटकमका सम्पादक बरिष्ठ रहेका शर्मासंग विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।
गोरखापत्र दैनिक, हिमालयन टिभी, हेटौंडा एफएम, मकवानपुर पोष्ट दैनिक, समृद्ध समाज दैनिक, रेडियो आकाशगंग, प्रतिक दैनिक, कृपा दैनिक, लोकतन्त्र सन्देश, साझापोष्ट, खबरमोर्चा साप्ताहिक लगायतका पत्रिकामा रिपोर्टिङ तथा सम्पादन गरेको अनुभव पत्रकार शर्मासंग छ