हेटौंडा । मकवानपुरको हेटौंडा(१६ चिसापानीमा रहेको जनप्रिय माध्यामिक विद्यालयमा तथा प्राविधिक शिक्षालयमा विनाकारण प्रधानध्यापक वर्खास्त गरिएको भन्दै विद्यार्थीले विद्यालय तालाबन्दी गरेका छन् ।मंगलबार विद्यालय खुलेपछि विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।
२०७३ सालबाट प्रधानान्यापकको रुपमा कार्य सञ्चालन गर्दै आएका नवराज अर्याललाई केहि दिनअघि विद्यालय ब्यवस्थापन समितिले प्रधानध्यापकबाट वर्खास्त गर्दै अर्का शिक्षकलाई नियुक्त गरेको थियो ।सोही विषयलाई लिएर विद्यार्थीहरुले विद्यालय तालाबन्दी गरेका हुन् ।
सेयर गर्नुहोस्






















