हाँस्य कलाकार राजु श्रीवास्तव को निधन

हेटौडा टुडे
५ आश्विन २०७९, बुधबार १२:०६

हेटौडा । भारतका चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनका परिवारका सदस्यहरुले उनको निधनको पुष्टि गरेका छन् । राजु पछिल्लो ४२ दिनदेखि नयाँदिल्लीको एम्स अस्पातलमा उपचाररत थिए । हार्ट अट्याकपश्चात उनलाई अस्पताल पुराइएको थियो ।

अगस्ट १० देखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।एम्समा राजुको एन्जियोप्लास्टी गरिएको थियो । जसमा मुटुको ठूलो भागमा शत प्रतिशत ब्लकेज भेटिएको थियो । जसका कारण चिकित्सकहरुले उनको अवस्था गम्भीर रहेको जनाउँदै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*