प्रेम गीत ३ अष्ट्रेलियाका दुई दर्जन बढी हलमा लाग्ने

हेटौडा टुडे
६ आश्विन २०७९, बिहीबार १२:१०

हेटौडा । प्रेम गीत(३ पहिलोपटक अष्ट्रेलियाका दुई दर्जनभन्दा बढी हलमा नेपाली सिनेमा एक साथ प्रदर्शन हुने भएको छ।यसअघि हल भाडामा लिएर नेपाली सिनेमा हेर्न पाइने अष्ट्रेलियामा यसपालि प्रदर्शन हुने प्रेमगीत(३ अंग्रेजी र हिन्दी सिनेमा जसरी हलको शो समयमै हेर्न पाइने भएको छ।

यसका लागि लामो समयदेखि प्रयासरत सिड्नी निवासी देव कार्कीले प्रेमगीत(३ मा आएर यो सफलता पाएको बताए।अष्ट्रेलियामा नेपाली चलचित्रको प्रदर्शन र नेपाली सांगीतिक कार्यक्रमको आयोजना गर्दै आएका कार्कीका अनुसार नेपाली र हिन्दी गरेर चलचित्र प्रेम गीत(३ ले पुरा अष्ट्रेलियामा दुई दर्जन भन्दा बढी हलहरू पाएको छ। यो साता प्रेम गीत ३ का लागि हलको संख्या बढ्ने उनले बताए। नेपाली सिनेमाको उपस्थिति र वजन अब प्रवासमा रहने हामीहरूलेनै उठाउनुपर्ने उनी बताउँछन्।

प्रेम गीत (३ को ट्रेलर भने अष्ट्रेलियाका हलहरूमा बज्न थालिसकेको छ। नेपाली सिनेमाको राम्रो दर्शक र बजार भएको अष्ट्रेलियामा प्रेमगीत (३ ले इतिहास बनाउन लागेको छ।  भोलि आर्थिक रूपमा के होला  भन्न सकिन्नँ तर, अष्ट्रेलियामा शानका साथ हलिउड र बलिउडका चलचित्रहरूसँगै नेपाली चलचित्रको यो उपस्थिति हामी सबैको लागि गौरवको कुरा हो।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*