मउवा संघद्धारा बीमा रकम हस्तान्तरण

हेटौडा टुडे
६ आश्विन २०७९, बिहीबार १३:३३

 हेटौडा । मकवानपुर उद्योग वाणिज्य संघले बुधबार बीमा रकम हस्तान्तरण गरेको छ । मउवा संघ पश्चिम क्षेत्र समिति, मनहरीका सभापति नारायण सुवेदीको अध्यक्षता तथा मउवा संघका अध्यक्ष कृष्णकुमार गुप्ताको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरी बीमा रकम हस्तान्तरण गरिएको हो ।

मउवा संघमा आवद्ध मनहरीका व्यवसायी नानी बहादुर थिड्डको सडक दुर्घटनामा परि गत महिना मृत्यु भएकोले दुर्घटना बीमा बापतको रकम उनको परिवारलाई हस्तान्तरण गरिएको हो ।

मनहरीका व्यवसायी, सोनी कस्मेटिक ईन्टरप्राइजेजका प्रोपाईटर नानी बहादुर थिड्डको गत श्रावण १२ गते बिहान कारको ठक्करबाट घाइते भई उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । संघले आफ्ना सदस्यहरुको प्रति सदस्य ५ लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा गरेको थियो ।

नेपाल सरकारको बीमा नीतिको कारण सयौं प्रतिशतले प्रिमियम बढेकोले अब सदस्यहरुको दुर्घटनाबाट मृत्यु भएमा संघको हितकोषबाट परिवारलाई २ लाख रुपैंया मात्र दिने प्रवन्ध गरिएको संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताएका छन् ।

कार्यक्रममा मउवा संघका कोषाध्यक्ष सन्तोष कुमार अर्याल, मउवासंघ पश्चिम क्षेत्र समितिका वरिष्ठ उपसभापति गणेश मानन्धरलगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*