कलाकार बुद्धि तामाङ मकवानपुरकी अनुसँग विवाह बन्धनमा बाधिँदै

हेटौडा टुडे
६ आश्विन २०७९, बिहीबार १४:११

हेटौंडा । चर्चित कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । उनी मकवानपुरकी अनु थिङ तामाङसँग विवाह बन्धनमा बाँधिने भएका हुन् ।बुद्धिले अनुसँग मागी विवाह गर्न लागेको एक सञ्चारमाध्यमलाई बताएका छन् । बुद्धि र अनुबीचको विवाह तामाङ परम्पराअनुसार शुक्रबार कौसलटारको एक पार्टी प्यालेसमा हुने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*