हेटौंडा । हेटौंडा ४ हुप्राचौर स्थित डिजास्टर रिकभरी डाटा सेन्टर मा भएको आगलागी नियन्त्रणमा आएको छ ।भर्खरै आगो नियन्त्रणमा आएको बुझिएको छ। नेपाल सरकार केन्द्रीय तथ्याङ्क विभाग मताहतमा रहेको उक्त कार्यालयमा अन्दाजी दिउँसो २ स्३० बजेको समयबाट लागेको आगो नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना ,स्थानीय र हेटौंडा उपमहानगरपालिकाको दुईवटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ। आगलागीबाट के कति क्षती भए यकिन नभएको र थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।
सेयर गर्नुहोस्






















