हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले शारिरीक अशक्त भइ हिँडडुलमा समस्या व्यर्होदै आएका पाँच व्यक्तिलाई हेटौंडा ह्वीलचियर सहयोग गरेको छ। दैनिक जिवनयापनको क्रममा घर बाहिर समेत निस्कन असहज भइ थलिएर बसेका उपमहानगरपालिकाका ४ वटा वडाका ५ जनालाई बुधवार ह्वीलचियर प्रदान गरिएको हो ।
शरिरीक रुपमा अशक्त भइ हिड्डुलमा समस्या व्यहोर्दै आएका हेटौंडा–१४ का मानबहादुर बल, १३ का दीलमाया स्याङतान, १९ का कुमार अर्याल, श्यामबहादुर बल र हेटौंडा–३ का शेषानन्द घोरासैनीलाई उपमहानगरले ह्वीलचियर प्रदान गरेको हो ।
बुधबार हेटौंडाकी नगर प्रमुख मिना कुमारी लामाले निम्न व्यक्तिलाई उक्त ह्वीलचियर हस्तान्तरण गरेकी हुन्।चालु आर्थिक बर्ष २०७९र०८० मा वडातहबाट सिफारीस भएर आएकाको परिवारलाई उपमहानगरले पहिलो पटक सहयोग सामग्री हस्तान्तरण गरेको हो ।
सेयर गर्नुहोस्