हेटौडा। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । लामिछानेविरुद्ध सरकारी वकिलले १२ वर्ष कैद सजाय माग गर्दै मुद्धा दर्ता गरेका हुन्। प्रहरीले १ हप्ताअघि अनुसन्धान सकाएर अदालतलाई प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेअनुसार १२ वर्षसम्मको कैद सजाय मागदाबी हुनुपर्ने उल्लेख गरिएको छ ।सन्दीपलाई १७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो।
सेयर गर्नुहोस्






















