मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ५ बाह्रबिसेमा सोमबार साँझ एक जनाको शव फेला परेको छ । उक्त शव स्थानीय ४४ वर्षीय अजित सिं लामाको रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।
प्रहरिका अनुसार, लामाको शव आफ्नै घरको माथिल्लो तल्लाको बल्डमा बिजुलीको तारले पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको हो । हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय भीमफेदीको टोली रहेको र शव पोष्टमार्टको लागि हेटौंडा ल्याउने तयारी भइरहेको जनाएको छ ।
सेयर गर्नुहोस्






















