हेटौडा। बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३३ हजार नाघेको छ । प्रदेशमा गत साउनदेखि बिहीबारसम्ममा ३३ हजार १६६ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।
डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भन् भने सबैभन्दा थोरै रसुवा रहेका छन् । काठमाडौंमा १२ हजार ८५३ जना डेंगु संक्रमितका बिरामी फेला पदार्त रसुवामा भने ८ जनामात्रै डेंगु संक्रमणका बिरामी फेला परेका छन् ।यसैगरी, ललितपुरमा ९ हजार, मकवानपुरमा ४ हजार ३६९, भक्तपुरमा ३ हजार ५१, चितवनमा १ हजार ८५०, धादिङमा ८६०, काभ्रेमा ४८०, रामेछापमा १६८, सिन्धुपाल्चोकमा १६५, नुवाकोटमा १४७, सिन्धुलीमा १३३ र दोलखामा ८२ जनालाई डेंगु संक्रमण पुष्टि भएको जनाइएको छ ।
यस्तै, प्रदेशमा हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ जना पुगेका छन् । जसमा काठमाडौंका ७ जना, सिन्धुली र रामेछापका ३र३ जना, ललितपुर, मकवानपुर र चितवनका २र२ जना, भक्तपुर र धादिङका १र१ जना रहेका छन् ।






















