हेटौंडा । आर्थिक अभावका कारण कोइला आपूर्तिमा समस्या भएपछि तीन महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग सोमबारबाट सुचारु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा हेको सरकारी स्वामित्वको सिमेन्ट उद्योग प्राविधिक समस्या, आर्थिक अभाव र कोइला आपूर्ति नहुँदा बन्द अवस्थामा रहेको थियो ।कोइला सप्लायर कम्पनिले कोइला आयात सप्लाइ गरेपछि उद्योग सुरु भएको उद्योगका महाप्रवन्धक बसन्तकुमार पाण्डेले जानकारी दिए । यसबीचमा उद्योगको प्लाटमा मर्मतको काम पनि भएको महाप्रवन्धक पाण्डेल बताए ।
उनले हाल उद्योगमा करिब ८÷१० दिनलाई पुग्ने कोइला रहेको जानकारी दिए । यस्तै महाप्रवन्धक पाण्डेले कोइला सप्लाईका लागी बोलपत्र आव्हान गरीसकिएकोले अब उद्योग नियमित सुचारु हुने दावी गरे । उद्योगका मेसिनहरु धेरै पुरानो र नियमित मर्मत हुन नसक्दा बेला बेलामा उद्योग बन्द हुने गरेको बताउँदै पाण्डेले उद्योगको नियमित सञ्चालनका लागी सरकारले सहयोग गर्नुपर्ने बताए । सरकाले अनुदान, सहुलियत ऋण, सरकारको पोलिसी अनुसार उद्योगका रिसोर्स प्रयोगको अनुमति दिने वा सहयोगी संस्था खोजिदिनुपर्ने महाप्रवन्ध पाण्डेको भनाई छ ।उनले उद्योगलाई नयाँ प्रविधिबाट सञ्चालन गर्नसके उद्योगको उत्पादन बढाएर नाफामा लैजान र थप रोजगारी श्रृजना समेत गर्न सकिने बताए ।


















