काङ्ग्रेस थाहा नगरको भेलामा गठबन्धनका उम्मेद्वारको संवोधन

हेटौंडा टुडे
२१ कार्तिक २०७९, सोमबार ११:०४

हेटौडा-नेपाली काङ्ग्रेस थाहानगर कार्यसमितिद्वारा आयोजना गरिएको शुभेच्छुक ,भातृसंगठन,क्रियाशिल सदस्य तथा कार्यकर्ता भेटघाट कार्यक्रममा मकवानपुर क्षेत्र न.२ का वाम लोकतान्त्रिक गठवन्धनका उमेद्वारहरुले संवोधन गरेका छन् ।

भेलालाई संवोधन गर्दै नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य तथा प्रतिनिधि सभा क्षेत्र न.२ का उम्मेद्वार विरोध खतिवडाले विकास निर्माणका काममा निर्वाचन पछि साझा अवधारणा बनाएर जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा गठबन्धन बिजयी भएको खण्डमा विकास निर्माणका काममा दलगत पुर्वाग्रह नराखी सबै दलको सुझाबको आधारमा बिकासका योजाना तय गर्छौं ।”

साथै उहाँले यो गठबन्धन प्रक्रियावादी शक्तिहरुलाई निर्वाचनबाट परास्त गर्नको निम्ति भएकोले कांग्रेस कार्यकर्तालाई नअलमलिन आग्रह गर्नुभयो । तेसैगरि नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले संविधानको कार्यान्वयन ,तिनै तहका सरकार संचालन गर्दै जनताको अवस्था परिवर्तन गर्नको लागि गठबन्धन आबश्यक रहेको बताउदै, पुराना तिता कुरा बिर्सिएर गठबन्धनका उम्मेद्वारलाई मत हाल्न आग्रह गर्दै आफू काङ्ग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा समेतको उमेदवार भएकोले गठबन्धनकै जिम्मेवारी बोकेर हिड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भेलालाई संवोधन गर्दै नेपाली काङ्ग्रेस वागमती प्रदेश सभापति तथा मकवानपुर प्रदेश सभा २ ख का उम्मेद्वार इन्द्रबहादुर बानियाँले नेपाली काङ्ग्रेस हावादारी कुरा गर्ने पार्टी नभएको बताउदै दायाँबायाँ केही नभनी गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।उहाँले काङ्ग्रेस ३ बर्ष धैर्यताका साथ सांसद अवरुद्ध नगरी प्रतिपक्षमा बसेको स्मरण गराउदै अवको पाँच बर्ष एमालेलाई प्रतिपक्षमा राखेर देखाउने बताउनुभयो।

नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशीको अध्यक्षतामा सम्पन्न भेलामा नेपाली काङ्ग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा, काङ्ग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, महासमिति सदस्य जयराम लामिछाने, क्षेत्रीय सभापति खड्गबहादुर गोपाली, गठबन्धन निर्वाचन अनुगमन समिति मकवानपुर संयोजक माइकल रामचन्द्र अर्याल लगायत नेपाली काङ्ग्रेस थाहा नगरका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*