मकवानपुरका प्रत्यक मतदान केन्द्रमा मतपत्र पठाउने तयारीमा

हेटौंडा टुडे
२१ कार्तिक २०७९, सोमबार १२:१०

हेटौडा -मकवानपुरको क्षेत्र नम्बर–१, २ र चार वटै प्रदेशसभाका निर्वाचन क्षेत्रमा कर्मचारीलाई मतदानको दिनमा पठाउने सामाग्री तयार गर्नमा कर्मचारी हिजो आज निकै व्यस्त रहेका छन् । मुख्य निर्वाचन अधिकृतका कार्यालयमा कर्मचारीहरु बिहान देखि राती सम्म प्रत्यक मतदान केन्द्रमा पठाउने मतपत्र प्याक गर्ने, शिल गर्ने लगायतका काममा व्यस्त रहेका छन् ।

यता निर्वाचन कार्यालयमा भने मतदानको दिनमा चाहिने सामाग्रीको तयारी गरिदै छ ।

दुइ दिन देखि भने निर्वाचन आयोगबाट मकवानपुरका लागि छुट्टीएर आएको प्रतक्ष तर्फको मतपत्र प्याक गरेर राख्ने काम भइरहेको छ । अबको केही दिनमा मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिएर मतदान केन्द्रमा खटाउने भएकाले यसको लागि मतपत्र केन्द्रनै पिच्छे छुट्याएर राख्ने काम भइरहेको हो ।

मकवानपुरका दश वटै स्थानीय तहका मतदान केन्द्रलाई चाहिने मतपत्र आइसकेको मुख्य निर्वाचन अधिकृत  निरौलाले वताउनुभयो । निर्वाचनका लागि आवस्यक सामाग्री प्याकिङ हुँदै हुदै गरेको उहाँले वताउनुभयो । समानुपातिकको मतपत्र पहिलेनै आएको र प्रतक्ष तर्फको मतपत्र पनि हिजो हेटौंडामा आइपुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*