थप १५ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा टुडे
२१ कार्तिक २०७९, सोमबार १६:४७

हेटौडा-पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ५४८ जनाको पिसिआर परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । संक्रमितको मृत्युदर शून्य छ ।

हालसम्म एक लाख सात हजार ५३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५७७ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*