नेपालमा डेंगीका संक्रमितको संख्या घट्दो

हेटौंडा टुडे
२२ कार्तिक २०७९, मंगलवार १०:३५

हेटौंडा । यो साता नेपालमा डेङ्गि सङ्क्रमण घटेको छ । वर्षायाममा एकहप्तामा ५ हजार भन्दा बढी डेङ्गीका बिरामी भेटिएकोमा अहिले यो सङ्ख्या घटेको छ ।गत मंगलबार देखि हाल सम्म ६ सय २४ जना मात्र डेङ्गुको बिरामी भेटिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले डेङ्गुका सङ्क्रमित विगत दुई हप्तादेखि घटेको जानकारी दिए ।

जाडो भएसँगै डेङ्गु सङ्क्रमण गराउने लामुखुट्टेको सक्रियता कम भएकाले डेङ्गकोबिरामी घटेको निर्देशक दासको भनाई छ । महाशाखाका अनुसार नेपालमा यसवर्ष सबैभन्दा बढी डेङ्गुको बिरामी भेटिएका छन् ।
असारदेखि असोज मसान्तसम्म सबैभन्दा बढी डेङ्गको बिरामी भेटिएका हुन् । यसवर्ष हालसम्म ५० हजार दुई सय ६३ जना डेङ्गको बिरामी भेटिएका छन् । तीमध्ये ५५ जनाको डेङ्गुको कारणले मृत्यु भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*