हेटौंडा। पछिल्लो केही दिनदेखि हेटौंडा-१ भैरवडाडाँ आसपासको सामुदायिक वनमा देखा परेको बाघले गाईको बाच्छा खाएको छ। हेटौंडा -१ लालझाडीमा सोमबार बिहान बाघले बाच्छो खाएको हो। स्थानीय भगत कुमारी घिमिरेको गोठमा बादेको १० महिनाको गाईको बाच्छोलाई खाईरहेको अबस्थामा स्थानीयले देखेका हेटौंडा-१ का वडाअध्यक्ष सविन न्यौपानेले बताएका छन्।
बाच्छो खाइरेहको समयमा स्थानीयले होहल्ला गरेपछि बाघ सामुदायिक वनको जंगलमा भागेको छ। गत आइतबार हेटौंडा–१,भैरवडाँडामा देखिएको बाघले एउटा बाख्रा र एउटा खसी खाएको थियो । बस्तिमा बाघ आउन थालेपछि स्थानीयलाई सजग रहन मकवानपुर प्रशासनले अनुरोध गरेको छ।
सेयर गर्नुहोस्






















