देशलाई बिन्दवासिनी जस्तै छोरी चाहिएको छ: लामिछाने

सन्नु रिजाल
२२ कार्तिक २०७९, मंगलवार १८:२४

हेटौडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले अब यो देशलाई बिन्दवासिनी जस्तै छोरी चाहिएको बताएका छन् । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपूरले गरेको चूनावी सभालाई सम्बोधन गर्दै लामिछानेले देशलाई बिन्दवासिनी कंसाकार जस्तै साहास भएकी छोरी चाहिएको बताएका हून् ।

आफूले टेलिभिजन कार्यक्रम चलाउँदा थूप्रै एसिड पिडित चेलीहरुको समाचार प्रस्तूत गरेको उनले स्मरण समेत गरे । बिन्दवासिनीले आफूमाथि एसिड प्रहारहूँदा समेत उच्च मनोबलका साथ सम्पूर्ण एसिड पिडित महिलाहरुको आत्मबल बढाउन आवाज उठाउँदै आएकी छिन् । उनको सहास र उच्च मनोबलको प्रशैसा गर्दे सभापति लामिछानेले उनलाई देबीको दर्जा समेत दिएका छन् । यसपटक उनै बिन्दवासिनीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले मकवानप’र प्रतिनिधिसभामा समानूपातिक तर्फ उम्मेदवार समेत बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*