हेटौंडा। मकवानपुरको हेटौंडामा एक व्यक्तिले तातो तेल अनुहारमा छ्याप्दा एक जना घाइते भएका छन्।हेटौडा -१३ बनस्पति स्थित कालेश्वर मन्दिरमा परम्परागत मेलामा स्थानीय ३४ बर्षीय निर बहादुर भोलन र २७ बर्षीय सागर जिम्बा बसिरहेको अवस्थामा हेटौंडा-१९ बस्तिपुर बस्ने २८ बर्षीय मोहन दोङले तेल छ्याप्दा भोलन र जिम्बा घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ।
दोङले सेल पकाउने तातो तेल अनुहारमा प्रहार गर्दा दुवैको अनुहार र आँखा जलि घाईते भई उपचारको लागि हेटौडा अस्पताल ल्याइएको जनाइएको छ।तेल प्रहार गर्ने मोहन दोङ प्रहरीलाई नियन्त्रणमा लिएर जिप्रका मकवानपुरमा राखिएको छ।
सेयर गर्नुहोस्