
मकवानपुर घरजग्गा ब्यवसायी संघले आफना घोषित सम्पुर्ण कार्यक्रमहरु फिर्ता लिएको छ । केहिदिन अघि देखी संघले जग्गा बर्गीकरणको कामलाई ढिलासुस्ती गरेर आलटाल गरेको भन्दै हेटौँडा उपमहानगरपालिकामा तालाबन्दी गर्ने देखीका आन्दोलनको कार्यक्रम मंगलबार सार्वजनिक गरेको थियो । मंगलबारनै मेयर,उपमेयर लगाएत सघंका पदाधिकारी तथा राजनितिक दलका प्रतिनिधिहरु बसेर मंसीर ४ गतेको निर्वाचन पछि जग्गा बर्गीकरणका कामहरुलाई अगाडी बढाउने मौखीक सहमती पछि संघले बुधबार देखी आफना सबै घोषित कार्यक्रमहरु फिर्ता लिएको हो ।
बुधबार बिहान मकवानपुर उधोग बाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष विष्णुप्रसाद घिमिरे ध्रुबले हेटौडा उपमहानगरपालीकाका मेयर मिनाकुमारी लामाले ब्यबसायीहरुको समस्यालाई आफुले नजिक बाट बुझेको र यो समस्या समाधान गर्न आफु लागीपरेको तथा आगामी मंसीर ४ गते हुने निर्वाचन पछि चरणबद्ध बर्गीकरणका कामहरु अगाडी बढाउने मौखिक सहमती गरेकाले आफना घोषित कार्यक्रमहरु फिर्ता भएको अध्यक्ष घिमिरेले जनाएका हुन । पत्रकार सम्मेलनमा हेटौडा उपमहानगरपालीकाका प्रबक्ता सबिन न्यौपानेले निर्वाचन आचरसहिंताका कारण नितिगत निर्णयहरु गर्न समस्या भएकाले मंसीर ४ गतेको निर्वाचन पछि बस्ने पहिलो कार्यपालीकाको बैठकबाट बर्गीकरणका कार्यहरु अगाडी बढाउने तयारी भएको बताउनु भयो ।
सबै निर्णयहरु भैसकेपनि कार्यपालीकाको बैठकबाट सबै वडाहरुमा बर्गीकरणका लागी नगरपालीकाले पत्रचार गर्न बाँकी रहेको उहाँले बताउनु भयो । पत्रकार सम्मेलनमा मकवानपुर उधोग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल,मकवानपुर घरजग्गा ब्यवसायी संघका सल्लाहाकार हेम अधिकारी,हेटौडा ६ का अध्यक्ष बिष्णुबहादुर दाहाल,पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगाएत संचारकर्मीहरु तथा ब्यबसायीहरुको सहभागीता रहेको थियो ।

