हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ ख मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादर बानियाँले आफ्नो पक्षमा प्रतिष्पर्धी उम्मेदवारदेखि विपक्षीहरुसम्मको समर्थन बढाउँदै गईरहेका छन् । गरिब, निमुखा जनताको जीवनस्तर परिवर्तन गर्ने प्रतिवद्धतासहित चुनावी घरदैलोमा व्यस्त रहेका उनको लोकप्रियताकै कारण सामाजिक, राजनीतिक व्यक्तित्वदेखि प्रतिस्पर्धी उम्मेदवारसमेतले समर्थन गर्न थालेका हुन् ।
सरकारमा रहँदा होस् या नरहँदा, जनताको सुखदुखमा संगै रहेका बानियाँ नै यसपटक पनि पश्चिम मकवानपुरको विकासको लागि आवश्यक भएकाले आफुले उनलाई समर्थन गरेको खुसीलाल प्रजा बताउँछन् । यसअघि स्वतन्त्र उम्मेदवारी दिएका प्रजाले उम्मेदवारी निस्कृय गर्दै, ‘ईन्द्र बानियाँज्यूले मकवानपुरमात्र नभई समग्र बागमती प्रदेशकै जनताको हितका लागि योगदान दिनुभएको छ ।
बागमती प्रदेशमा शुरुवात भएका पूर्वाधार विकास र अन्य कामलाई पूर्णता दिन उहाँले जित्नैपर्छ, त्यसैले मैले उहाँलाई समर्थन गरेर उम्मेदवारी निस्कृय गरेको हुँ ।’
उनले आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानजस्ता उपलब्धी मास्न खोज्नेहरुलाई बल पुग्ने खतरा देखिएकोले पनि आफुले बानियाँलाई समर्थन गरेको बताए ।