हेटौडा-मेरो नाम जगत सुवेदी हो । म मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीमा बस्छु । विगतदेखि नै हाम्रो यो ठाउँमा नेपाली कांग्रेसका प्रदेश सभापति ईन्द्र बानियाँले यो बस्ती स्थान्तरण भएर आए लगतै यो बाटोलाई ग्राभल गर्ने काम पहिलो प्राथमिकतामा राखी उहाँले नै बाटो पिच गराउनुभयो ।
मनहरी गाउँपालिका वडा नम्बर ७, रमौलीको हकमा विकासले फड्को नै मारेको छ । साथै देउराली, सिमलको हकमा भने समग्र टोल र मन्दिरलाई कम्पाउन्ड गर्ने काम इन्द्र बानियाँले नै गर्नूभएको हो । अझै पनि यो भन्दा राम्रो र बेसी काम गर्नुहुन्छ भन्ने आश हामीले गरेका छौं । हामी यस भेगको मान्छेहरुले यस्तो राम्रो उम्मेदवार पाउनु भनेको हाम्रो लागि साँच्चै गौरवको कुरो हो ।
प्रदेश सभापति ईन्द्र बानियाँकै पहलमा चाइमाने डाँडादेखि रमौलीको टोल जोड्ने बाटोको स्ल्याब ढलान पनि उहाँकै पहलमा भयो । २०७४ को चुनावमा उहाँ भोट माग्न आउँदा पुरै धुलाम्मे थियो । त्यसबेला उहाँले अर्को पटक भोट माग्न आउँदा यो बाटो पिच हुन्छ भन्नुभएको थियो । भन्या जस्तै पिच पनि गर्नुभयो उहाँले ।
यहि रमौलीमा पनि उहाँकै पहलमा चेपाङ संग्रालयको भवन निर्माण भएको छ । अब उक्त भवनबाट कार्यालय सञ्चालन गर्ने गरी चेपाङ समुदायहरुले काम गरिरहेका छन् । संग्रहालयमा उनीहरुको विभिन्न संस्कृति दर्शाउने कुरो पनि छ । हामी २०७४ मा उहाँलाई पहिला जिताएर पठाउँदा त यत्रो विकास भयो भने । अब जिताएर पठाउँदा योभन्दा ठूलो विकास हून्छ भन्ने चाहिँ हामीले आश र विश्वास गरेका छौं । तपाईकै कारण हाम्रो क्षेत्रको विकासले फड्को मारेको छ । थ्यांक यु ईन्द्र बानियाँ ।
तपाईकै कारण हाम्रो क्षेत्रको विकासले फड्को मारेको छ ः थ्यांक यु ईन्द्र बानियाँ
सेयर गर्नुहोस्