हेटौडा– निर्वाचन आयोगले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछ । आयोगले आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको स्थिर समय सुरु हुनुअघि पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो ।
स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने भएको छ । यस समयमा चुनावी प्रचार–प्रसार गर्न पाइँदैन । यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ मानिनेछ ।
यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम रहन्छ । यो समयमा भौतिक वा अभौतिक कुनै पनि ढङ्गले निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन ।
सेयर गर्नुहोस्