पोर्चुगलमा एक नेपालीको निधन

हेटौंडा टुडे
२०७९ मंसिर ११, आईतवार १०:५२ गते

हेटौडा ।  पोर्चुगलमा बसेर व्यवसाय गर्दै आएका एकजना लमजुङका व्यवसायीको निधन भएको छ। लमजुङको दोर्दी गाउँपालिका ९ हिलेटक्सारका ४३ वर्षीय भक्तराज गुरुङको निधन भएको हो। पोर्चुगलमा विगत ५ वर्षयता रेष्टुरेन्ट संचालन गर्दै आएका गुरुङको शनिबार विहान निधन भएको व्यावसायिक साझेदार एवं लमजुङ समाज पोर्चुगलका निवर्तमान अध्यक्ष लोकेन्द्र गुरुङले जानकारी दिए।

शुक्रबार राति अबेरसम्म काइसोद्रेस्थित रेष्टुरेन्टमा काम गरेर घर फर्किने क्रममा गुरुङको एक्कासी टाउको दुखेको जानकारी पाएपछि उनका परिवार, साथीभाइ साथै आपतकालीन सेवाका डाक्टरको सहयोगमा उपचारको लागि अस्पताल लगिएको थियो। अस्पतलामा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

गुरुङ उच्च रक्तचापको बिरामी रहेका थिए। परिवारका साथ विगत ९ वर्षदेखि पोर्चुगलमा बस्दै आउनुभएका भक्तराजको निधनले लमजुङ समाज पोर्चुगल स्तब्ध भएको समाजका अध्यक्ष गम्भीरजंग गुरुङले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*