हेटौंडा। हैटौंडा – ११ मा मोटरसाइकल ट्रकसंग ठक्कर खादा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। बुधबार राति पुर्व–पश्चिम सडकखण्ड अन्तर्गत हेटौंडा( ११ नवलपुरमा बिग्रेर रोकि राखेको ट्रकसँग मोटरसाइकल ठक्कर खादा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। गम्भीर घाइते हुनेमा मोटरसाइकल चालक हेटौंडा(१० टिसिएन रोड वस्ने २८ वर्षीय सुदेस के।आर श्रेष्ठ रहेको मकवानपुर प्रहरीले जनाएको छ।
हेटौडाबाट मनहरीतर्फ जाँदै गरेको ना ५२ प ४०८९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई सडक छेउमा रोकिराखेको ना ६ ख ५४८ नम्बरको ट्रकसंग ठोक्किन पुगेको प्रहरीले जनाएको छ।हात खुट्टामा चोट लागेको उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सेयर गर्नुहोस्






















