जिप दुर्घटना हुँदा चालकको मृत्यु

हेटौंडा टुडे
२०७९ मंसिर २३, शुक्रबार १२:१० गते

हेटौंडा | बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पाटन नगरपालिका- १० मा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा जिप चालक डडेलधुराको नवदुर्गा गाउँपालिका-५ का ३६ वर्षीय तेजबहादुर साउद रहेका प्रहरीले जनाएको छ । जिप सडकबाट १५० मिटर तल खसेको र जिपमा अन्य यात्रु सवार नरहेको प्रहरी चौकी खोड्पेले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*