हेटौंडा | नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४०३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा एकजनामा संक्रमण देखिएको हो । यो अवधिमा एन्टिजेन विधिबाट परीक्षण गरिएका ६९६ नमुनामा कोरोना देखिएन ।
यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ११ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८८ हजार ८७० पुगेको छ ।हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सेयर गर्नुहोस्


















