हेटौंडा | निर्वाचन आयोगले गत मंसिर ४ गते भएको प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा आज घोषणा गर्ने भएको छ ।
आयोगले आज दिउसो साढे १ बजे पत्रकार सम्मेलनको आयोजना गरी अन्तिम नतिजा घोषणा गर्न लागेको हो । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो ।
यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् ।
आयोगले बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ । राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाएसँगै सरकार गठन र संसदीय प्रक्रिया अघि बढ्छ ।
सेयर गर्नुहोस्


















