गाउँपालिका राष्ट्रिय महासंघको सदस्यमा कैलाशका अध्यक्ष मुक्तान निर्वाचित

हेटौंडा टुडे
२०७९ मंसिर २८, बुधबार १२:५५ गते

हेटौंडा । गाउँपालिका राष्ट्रिय महासंघको सदस्यमा मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान निर्वाचित भएका छन् ।

मंगलबार काठमाण्डौमा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट ३६ जना निर्विरोध निर्वाचित भएकोमध्येमा मकवानपुरका मुक्तान पनि निर्वाचित भएका हुन् । महासंघको अध्यक्षमा नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे निर्वाचित भएकि थिइन् । निर्विरोध निर्वाचित भएपछि प्रतिक्रिया दिंदै मुक्तानले गाउँपालिकाको समस्यालाई केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गर्न सकृयरुपमा भुमिका निर्वाह गर्ने बताए । महासंघको निर्वाचन समितिले मंगलबार प्रकाशित गरेको निर्वाचित केन्द्रिय कार्यसमितिको विवरण यस्तो रहेको छ ।

अध्यक्षः लक्ष्मी पाण्डे, हुप्सेकोट गाउँपालिका उपाध्यक्षः लक्ष्मणबहादुर शाही, हिमा गाउँपालिका महासचिवः खिमबहादुर थापा, कालीगण्डकी गाउँपालिका सचिवः पार्वती सुनुवार, फिक्कल गाउँपालिका कोषाध्यक्षः उमेश भट्ट, अजयमेरु गाउँपालिका सदस्यहरुः इन्द्रबहादुर कार्की, गन्यापधुरा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, कैलाश गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलिया, शिवपुरी गाउँपालिका अध्यक्ष सितामाया गुरुङ, नेत्रावती डबजोङ गाउँपालिका उपाध्यक्ष रिता देवकोटा, सिरानचोक गाउँपालिका उपाध्यक्ष जयनारायण साह, झापा गाउँपालिका अध्यक्ष वविकुमार राई, मिक्लाजुङ गाउँपालिका अध्यक्ष भवानी न्यौपाने, तिनाउ गाउँपालिका वडासदस्य हरिश्चन्द्र राना, बेल्डाडी गाउँपालिका अध्यक्ष तेजबहादुर थापा, काँठेखोला गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, खजुरा गाउँपालिका उपाध्यक्ष दिनेशकुमार चौधरी, पर्टेवा सुगौली गाउँपालिका अध्यक्ष प्रमोद पोखेल, झिमरुक गाउँपालिका उपाध्यक्ष दीलकुमारी लावती, चुलाचुली गाउँपालिका उपाध्यक्ष सुमन मिरिचिन, केराबारी गाउँपालिका अध्यक्ष उग्रनारायण यादव, भगवानपुर गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, थाक्रे गाउँपालिका अध्यक्ष सरस्वती चिदी, बगनाशकाली गाउँपालिका उपाध्यक्ष सनशिलता ओली, कालीमाटी गाउँपालिका उपाध्यक्ष दुर्गादत्त ओझा, जोरायल गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, छिन्नमस्ता गाउँपालिका अध्यक्ष निशान्त शर्मा, चिसंखुगढी गाउँपालिका अध्यक्ष शम्भुकुमार सिंह, दुर्गाभगवती गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जरा, भिमसेन थापा गाउँपालिका अध्यक्ष भूपाल पोखरेल, धुर्कोट गाउँपालिका अध्यक्ष पूर्ण धिताल, सिञ्जा गाउँपालिका अध्यक्ष सञ्जु प्याकुरेल श्रेष्ठ, तादी गाउँपालिका उपाध्यक्ष दुर्गाबहादुर पुन, कपुरकोट गाउँपालिका अध्यक्ष दीपनारायण मण्डल, एकडरा गाउँपालिका अध्यक्ष अशोककुमार जयसवाल, बारागढी गाउँपालिका अध्यक्ष भएका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*