रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

हेटौंडा टुडे
२०७९ मंसिर २८, बुधबार १५:१६ गते

हेटौंडा| रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शुद्धोदन गाउँपालिका ५ रजाडमा मंगलबार राति भएको  दुर्घटनामा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पैदलयात्री स्थानीय पुजनी थारु रहेकी छिन् ।

उनको उपचारको क्रममा युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पताल भैरहवामा राति ११ बजे मृत्य भएको प्रहरीले बताएको छ ।  मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय छपियाले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*