सशस्त्रमा ८ हजार जवानको सरुवा

हेटौंडा टुडे
२०७९ मंसिर २९, बिहीबार ११:१२ गते

हेटौंडा | सशस्त्र प्रहरी बल, नेपालले एकैपटक ८ हजार ३ सय ८८ जवानको सरुवा गरेको छ । जवानले राजेको प्राथमिकता अनुसार तीन वटा युनिटमध्ये एकमा सरुवा गराइएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ ।

सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको बताइएको छ ।

सीमावर्ती इलाकाका युनिटहरुमा लामो समय दरबन्दी भएका जवानहरुलाई सीमा ईलाका बाहेक अन्यत्र सरुवा गरिएको छ । सरुवाको लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाई शाखामा प्राप्त निवेदन तथा गुनासोलाई समेत उच्च प्राथमिकतामा सशस्त्र प्रहरी बलले जनाएको छ ।

मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको छ । घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा समेत मिलाएर सरुवा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*