इन्द्रसरोबर गाउँपालिकामा ३० वर्षीय युवकले गरे विष सेवन गरी आत्महत्या

हेटौंडा टुडे
२०७९ पुष १, शुक्रबार १३:१९ गते

हेटौंडा| मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकामा ३० वर्षीय युवकले विष सेवन गरी आत्महत्या गरेका छन् ।

घरमा श्रीमतीसँग झगडा भएपछि बिहीबार राती ११ बजे इन्द्रसरोबर–५ खड्पुका बुद्धिराम बलामी आफैँले मृत्यु रोजेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

‘खड्पुस्थित नेवार गाउँ बस्ने बलामीले घरमा श्रीमती २४ वर्षीया आस्था बलामीसँग झगडा गरेको अनुसन्धानबाट खुलेको छ,’ मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले भने । बलामीले श्रीमतीलाई कुटपिटसमेत गरी घाइते बनाएर उपचारको लागि ललितपुरस्थित पाटन अस्पताल पठाएको उनले बताए ।

कुटपिटबाट घाइते बनेकी श्रीमतीलाई उपचार गर्न अस्पताल पठाएपछि बलामीले आफ्नै घरमा विष सेवन गरी आत्महत्या गरेको डीएसपी कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*