पोखरामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ पुष १, शुक्रबार १४:५५ गते

हेटौंडा| पोखरा महानगरपालिका-२५ हेम्जा हनुमान चोकमा गएराति जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

जीपमा सवार म्याग्दी मंगला गाउँपालिका-१ मजुलाका ४७ वर्षीय गजेन्द्र पुन र तनँहु घर भई हाल पोखरा १० शिवचोक बस्ने ३७ वर्षीया वसन्ती मगर घाइते भएका थिए।

घाइते दुवैको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा बसन्तीको  राति सवा २ बजे मृत्यु भएको हो।

गएराति सवा १ बजे ग २ च २६८४ नम्बरको जीप आफैं अनियन्त्रित भई सडक छेउको विद्युतको पोलमा ठक्कर खाएको हो।

चालक फरार रहेकाले खोजिकार्य भइरहेको वडा प्रहरी कार्यालय बगरले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*