स्पेनमा एक जना नेपालीको मृत्यु

हेटौंडा टुडे
२०७९ पुष ५, मंगलवार १४:०१ गते

हेटौँडा | स्पेनमा एक जना नेपालीको मृत्यु भएको छ । कास्कीको पोखरा–१३ स्थायी घर भएका ५९ वर्षीय मोतीराम गौतमको स्पेनमा मृत्यु भएको हो ।

क्याटालोनियाको लिदिया प्रान्तमा बस्दै आएका गौतम शुक्रबार साँझ आफू बसेकै अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका हुन् ।

गौतम झण्डै डेढ दशकदेखि स्पेनमा बस्दै आएका थिए । मृतक गौतमका श्रीमती, एक छोरा र दुई छोरीहरु रहेका छन् ।

लिदिया प्रान्तमा बस्दै आएका अर्का एक नेपाली तर्कबहादुर बानियाँका अनुसार गौतम केही दिनअघि कोरोनाबाट संक्रमित भएका थिए । मृतक गौतमको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिने एनआरएनए स्पेनले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार गौतमको अन्तिम संस्कार बुधबार साँझ लिदियामा नै गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*