भारतमा कोरोना संक्रमण बढ्दै

हेटौंडा टुडे
२०७९ पुष ८, शुक्रबार १४:५७ गते

हेटौडा । कोभिड–१९ सङ्क्रमण बढेसँगै भारतमा कोरोना महामारीको चिन्ता बढेको छ । चीनमा कोभिड(१९ को सबभेरियन्ट बीएफ ७ संक्रमितको संख्यामा तीव्र वृद्धि भएको छ। भारतमा पनि यो सबभेरियन्टका चारवटा केस फेला परेका छन् ।केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डाविया र प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा कोरोनाको अवस्था र तयारीको बारेमा जानकारी लिन उच्चस्तरीय बैठक गरेका छन्।

यसैबीच धेरै राज्यले यस सम्बन्धमा आपतकालीन बैठक बोलाएर तयारीका लागि सक्रिय भएका छन् । कोरोनाका कारण बिहीबार एक जनाको मृत्यु भएको छ । साथै १९० जना निको भएर डिस्चार्ज भएका छन् । बिहीबार एकै दिन करिब एक लाख २५ हजार परीक्षण गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*