शोभराजलाई नेपाल आउन नपाउने गरी निष्कासन गर्ने गृह मन्त्रालयलको निर्णय

हेटौंडा टुडे
२०७९ पुष ८, शुक्रबार १७:२९ गते

हेटौडा । कुख्यात अपराधी चार्ल्स शोभराजलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ। अध्यागमन विभागको प्रस्तावमा गृहसचिव विनोदप्रकाश सिंहले निष्कासनसम्बन्धी निर्णय गरेका हुन् ।

नेपालमा आई विभिन्न किसिमका अपराधमा संलग्न विदेशीलाई निश्चित समय आउन नपाउने गरी निष्कासन गरिने अध्यागन नियमावलीको प्रावधान छ । सोहीअनुसार शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरी निष्कासन गर्ने निर्णय गरिएको गृहसचिव सिंहले बताए।

निष्कासनको निर्णय भएपछि आजै उनलाई फ्रान्स पठाउने तयारी भइरहेको छ । अध्यागमनसम्बन्धी कसुरमा अध्यागमन विभागले उनलाई ५० हजार रुपैयाँ जरिवाना तिराइसकेको छ ।

नेपालमा दुईजनाको हत्या र एकजनाको हत्या प्रयाससम्बन्धी मुद्दामा शोभराज दोषी ठहर भएका थिए । तीनैवटा मुद्दामा उनी अधिकतम २० वर्ष जेल बस्नुपर्ने फैसला भएको थियो । उमेर र स्वास्थ्य अवस्थाका आधारमा सर्वोच्च अदालतले उनलाई तत्काल छाड्न बुधबार आदेश दिएपछि शुक्रबार केन्द्रीय कारागारले छाडेको थियो । शुक्रबार नै उनलाई निष्कासन गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*