प्रचण्डको आज दिउँसो ४ बजे शपथ ग्रहण

हेटौंडा टुडे
२०७९ पुष ११, सोमबार १०:५५ गते

हेटौडा । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ आज सोमबार दिउँसो ४ बजे हुने भएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति कार्यालयले सोमबार दिउँसो ४ बजे शपथको कार्यक्रम राखेको जानकारी दिए । समय अपुग भएका कारण प्रचण्डको सपथ आज हुन लागेको हो । देशको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई राष्ट्रपति विद्यादेवि भण्डारीले नियुक्त गरिसकेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*