लोक सेवा आयोग हेटौंडाले माग्यो ६२९ जना कर्मचारी

हेटौंडा टुडे
२०७९ पुष ११, सोमबार ११:१७ गते

हेटौडा । बागमती प्रदेश लोक सेवा आयोग हेटौंडाले एकैपटक ६२९ जना कर्मचारी मागेको छ । आयोगले सोमबारको गोर्खापत्र दैनिकमा एक सूचना प्रकाशन गर्दै ठूलो संख्यामा कर्मचारी मागेको हो ।

प्रदेशका विभिन्न मन्त्रालय, मातहतका कार्यालय र स्थानीय तहका लागि भनेर पाँचौ तहका ६२९ जना कर्मचारी माग गरेको प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिए ।उनका अनुसार, प्रदेश लोक सेवा आयोगले ५२ वटा स्थानीय तहका ४८१ जना र प्रदेश सरकारका लागि १४८ जना कर्मचारी माग गरिएका छ । अहिलेको पाँचौ तहको परिक्षामा टिकमार्क, लिखीत परिक्षा र मौखिक समेत हुने अध्यक्ष श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*