नेपाल प्रहरीका डीएसपी ठगबहादुर ३५ तोला सून सहित पक्राउ

हेटौंडा टुडे
११ पुष २०७९, सोमबार ११:३८

हेटौडा । बुटवलका एक व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफै राखेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको टोलीले उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।सरुवा भई पोखरा जाने तयारी गरिरहेका बेला अनुसन्धान टोलीले उनलाई सुन र नगदसहित आइतबार साँझ नियन्त्रणमा लिएको हो। उनका साथबाट २५ लाख नगद र ३५ तोला सुन बरामद भएको प्रहरीले जनाएको छ ।

ठगबहादुर निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणको बलमा बुटवलमा रहदै आएका थिए ।

व्यापारीसँग सुन र पैसा लिएको विषयमा उजुरी परेको थियो । सोही अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न थालिएको प्रहरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*