मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

हेटौंडा टुडे
२०७९ पुष २१, बिहीबार ११:४७ गते

हेटौंडा| सर्लाहीको पर्सा गाउँपालिकामा बुधबार साँझ भारतीय नम्वर प्लेटको मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको पर्सा गाउँपालिका २ संग्रामपुरका ७५ वर्षीय पैदल यात्री नथुनी बैठा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बुधबार साँझ ६ बजेकोसमयमा संग्रामपुरस्थित भित्रि सडकखण्डमा बीआर ०१ बी ५९१७ नम्वरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा स्थानीय नारायणपुर मेडिकलमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*