मधेस प्रदेशको मुख्यमन्त्रीमा २८ गते सम्मका लागि दाबी पेस गर्न आह्वान

हेटौंडा टुडे
२०७९ पुष २२, शुक्रबार १५:३८ गते

हेटौंडा| मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरिएको छ।

शुक्रबार मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले दलहरुलाई आउँदो २८ गते दिउँसो ४ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेका प्रदेश सभा सचिवालयले जनाएको छ।

मंसिर ४ को निर्वाचनबाट कुनै पनि दलले एकल बहुमत ल्याउन नसकेकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्रीको दाबी पेस गर्न भनिएको छ।

तस्बिर गुगलबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*