हेटौँडा । मोटरसाईकल ठक्करबाट घाईते भएका मकवानपुर बमगमती गाउँपालिकाका निवासी बलबहादुर सिंतानको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका–७ लामिटारमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ४७ वर्षीय सिन्ताङ साईला भन्ने बल बहादुर सिंतानको उपचारको क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार धरान–चतरा सडकखण्ड अन्तर्गत बिहिबार फापरबारीबाट झुरझुरे तर्फ जाँदै गरेको बा.प्र०३–००३ प ७२०७ नम्बरको मोटरसाइलकले सिंतानलाई ठक्कर दिंदा गम्भीर घाइते भएका थिए ।
सेयर गर्नुहोस्


















