नवनियुक्त मन्त्रीहरुले लिए शपथ

हेटौंडा टुडे
२०७९ माघ ३, मंगलवार १३:३१ गते

हेटौंडा| नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएकी हुन् ।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएका हुन्।

सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन र तीनवटा मन्त्रालय र जनता समाजवादी पार्टीले २ मन्त्रालय पाएको छ।

जनमत पार्टीले एउटा मन्त्रालय प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एकएक राज्यमन्त्री पनि पाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*