शिशिर खनाल बने शिक्षा मन्त्री

हेटौंडा टुडे
२०७९ माघ ३, मंगलवार १५:४४ गते

हेटौंडा| नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथग्रहणलगत्तै मन्त्री खनालले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

खनालसँग शिक्षाको क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । उनले ‘टिच फर नेपाल’नामक संस्था मार्फत लामो समय शिक्षा क्षेत्रमा काम गरेका छन् ।

खनाल राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*